परराष्ट्र मन्त्री डा.राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरिन् । त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरूले स्वागत गरेका थिए । मन्त्री डा.राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री डा.राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको…