काठमाडौं– कुनै पनि मन्त्रालय, निकाय वा कार्यालयबाट सरुवा भएका कर्मचारीलाई अनिवार्य रुपमा ७ दिनभित्र रमाना दिने निर्णय भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हरेक मन्त्रालयले कर्मचारी दरवन्दी र कार्यरत कर्मचारी संख्याको अद्यावधिक विवरण तयार गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन…