रविमाथि अनुसन्धान अघि बढाउन तीन मन्त्रालयलाई मन्त्रिपरिषद्को निर्देशन, कसरी अघि बढ्छ प्रक्रिया?

सरकारले सहकारी ठगीसम्बन्धी संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन स्वीकार गर्दै छानबिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन स्वीकार गर्दै थप छानबिनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको एक मन्त्रीले बताए। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि उक्त प्रतिवेदन स्वीकार गर्ने र सिफारिस अनुसार…