काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐनको दफा ७ ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधिबमोजिम अध्यक्ष नियुक्ति हुने दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने उनको भनाइ छ । मिडियामा प्रकाशित समाचारअनुसार सांसदलाई धारणा नबनाउन उनले आग्रह…