काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बोलाएको छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमालेसँग भएको गठबन्धनका लागि भएको समझदारीलाई अनुमोदन गर्न बैठक बोलाइएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ । यसअघि…