काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारी घरेलु महिला श्रमिकलाई काममा लगाउने विषयमा विभिन्न देशहरुसँग ‘घरेलु कामदार सम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै भण्डारीले महिला श्रमिकको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रोटोकलहरुमा दुईपक्षीय सहमति गर्न वार्ताहरु भइरहेको बताए । तर, कुन–कुन देशसँग यस्तो वार्ता…