काठमाडौँ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा भएको सहभागिताका बारे जानकारी गराउन केही मुख्य सञ्चारमाध्यमका सम्पादकहरूलाई डाके । सम्पादकहरूलाई कोप–२८ को बारेमा ब्रिफिङ गर्न डाकिए पनि समसामयिक राजनीतिदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनसम्म कुराकानी भएको थियो । त्यस्तै, जाजरकोट भूकम्पका विषयमा पनि सम्पादकहरूले सोधेका प्रश्नको जबाफ प्रधानमन्त्रीले दिएका…