काठमाडौं । आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । सो क्रममा गृहमन्त्री लामिछानेका विषयमा पनि प्रचण्डले जवाफ दिने बुझिएकाे छ । यसैगरी, अर्थमन्त्री वर्षमान…