एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्नै प्रश्न

जनकपुरधाम  ।  नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठेका छन । गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पार्टीभित्रैका जिम्मेवार नेताहरूले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन । घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव बाहेक अन्य सदस्यहरूमा आफूखुसी गरेको जस्ता आरोपहरू अहिले सतहमा देखिएका छन ।…