देउवा, कोइराला र सिटौला समूहबीच भागबन्डा नमिल्दा बनेन कोशी सरकार

कोशी । प्रदेश सरकारमा जाने मन्त्रीहरू समेत केन्द्रले नै छानेको भन्दै असन्तोष बढिरहेको नेपाली कांग्रेसभित्र कोशीका मन्त्रीहरू पनि केन्द्रबाटै छानिँदैछन्। पार्टीको प्रदेश संयन्त्रलाई भूमिकाबिहीन तुल्याउने र सम्पूर्ण निर्णयको अन्तिम अधिकार आफैमा केन्द्रित गर्ने सभापति शेरबहादुर देउवाको शैलीकै कारण लुम्बिनी प्रदेशले असहमति जनाइसकेको छ। केन्द्रले प्रदेशसँग समन्वय नगरी मन्त्री छानेको भन्दै कांग्रेस लुम्बिनी प्रदेश समितिले लिखित…