काठमाडौँ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरूमा रहेको जाँगर, ऊर्जा, सृजनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्व राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्ष र बलिदान फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी…