निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको आज ९ वर्ष भएको छ। २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद कोइराला। बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बने। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत…