पाँचथर- अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँचथरका तीन वटा स्थानीय तहका विद्यालय बन्द भएका छन् । तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाले शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेका थिए । निरन्तरको झरीसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको जोखिम बढेको भन्दै पालिकाहरूले विद्यालयमा बिदा दिने निर्णय गरेपछि पालिकाका विद्यालय बन्द भएका हुन् । फालेलुङ गाउँपालिकाले पनि आ–आफ्नो अनुकूलता हेरेर…