काठमाडौँ- बालुवाटार घेराउ जाँदा आज (मंगलबार) दिउँसो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले साँझ छाडेको छ । दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सबैजनालाई छाडिएको…