काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका-५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो । गत जेठ १६ गते सगरमाथा दिवसका अवसरमा आयोजित उक्त रेस्लिङ प्रतियोगितामा…