२७ जना सिभिल इन्जिनियरका लागि दरखास्त आह्वान

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले २७ सिभिल इन्जिनियर पदमा सेवा करारमार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/०८२ का लागि अस्थायी दरबन्दीमा रहेको यी पदहरूमा योग्यता पुगेका उम्मेदवारहरूले खुला प्रतिस्पर्धामार्फत आवेदन दिन सक्नेछन्। लोक सेवा आयोगद्वारा निर्धारण गरिएको दरखास्त फाराम भरी इच्छुक उम्मेदवारहरूले २०८१ कार्तिक ०९ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ।…