भूमि आयोग खारेजीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतले उक्त रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आदेश जारी गर्नेछ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।…