ललितपुर - एकपछि अर्को मेला लगातार गर्दै आएको ललितपुर महानगरपालिका – १६ वडा कार्यालयले यही कार्तिक ११ र १२ गते रात्रिकालीन बजार मेला आयोजना गर्ने भएको छ। महिलाद्वारा उत्पादित सामग्रीको बजार प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय धौगल, दौबहाल, भुल्खुमा सो मेला आयोजना गर्न लागिएको वडाका महिला सदस्य बबिता श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए। कार्यपालिका सदस्य समेत…