खतिवडा तोकिए संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपति

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्म्मेरी शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडाले पाएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका हुन् । संस्कृत विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम खतिवडाले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् । सो विश्वविद्यालयका उपकुलपति प्रा. डा.…