काठमाडाैं -उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । तिनीहरूको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ, जसले दक्षिण कोरियामा चिन्ता बढाएको छ । रुस र इरानसँगको सैन्य सहयोगमा हतियार प्राप्त गरेको उत्तर कोरियाको सेनाले नयाँ आत्मघाती ड्रोन परीक्षण गर्दा देशका नेता किम जोङ उन उपस्थित थिए । उनले आफ्ना वैज्ञानिकहरूलाई यी मानवरहित सवारीसाधनका लागि…