इनरुवा (सुनसरी) - कोशी गाउँपालिका–४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माछा मार्ने क्रममा हुरी बताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । घाइतेमध्ये अक्रमको अवस्था गम्भीर रहेको छ भने दुवै जनाको उपचार…