पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौँ- केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्यांका अनुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको…