निर्वाचन जित्ने गरी मेहनत गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केही समयभित्रै स्थानीय तहका रिक्त ठाउँमा उपनिर्वाचन हुने भएकोले त्यसको तयारी गर्नुपर्ने बताएका छन्। पार्टीबाट उम्मेदवार भई उत्कृष्ट काम गरेका गाउँपालिका र नगरपालिका प्रमुखलाई सम्मान गर्न सानेपामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै थापाले चुनावअघि जनतासँग गरिएका बाचा पूरा गरिनुपर्ने बताए। ‘जनतासँग केही बाचा गरेर हामीले यो जिम्मेवारी पाएको हो।…