काठमाडौं - पश्चिम नेपालमा अविरल वर्षासँगै ठूला नदीहरुमा सतह बढेको छ । महाकाली, कर्णाली र बबई नदीमा बाढी उर्लिएको छ । यी तीनवटै नदीको बाढीले खतराको तह पार गरेका छन् । यो समाचार तयार पार्दासम्म डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर…