बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती

जानकी (बाँके) - बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो । बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । “हामीले धानको मूल…