काठमाडौ - जम्मु कश्मिरको मुख्यमन्त्री नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने निश्चित भएपछि उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने भएका हुन् । नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्लाले श्रीनगरमा घोषणा गरेका छन् । जम्मु–कश्मीरमा १० वर्षपछि पहिलोपटक कांग्रेस–एनसी गठबन्धनले विधानसभा चुनाव जित्ने स्पष्ट भएपछि फारुक…