जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन् । अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए ।