काठमाडौं – ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’मार्फत चर्चामा आएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ प्रकाशसँग भेटवार्ता भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । नेपाली नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् । भेटमा प्रकाशले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए । प्रकाशसँगको भेटपछि…