मधेश प्रदेशका १० प्रहरी छानबिनका लागि हेडक्वाटर तानिए

काठमाडौं। मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका १० प्रहरीलाई प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) झिकाएर अनुसन्धान सुरु गरिएको छ । शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै १० जनालाई हेडक्वाटर नक्साल तानेर छानबिन अघि बढाइएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन् । ‘केही कैफियत देखिएपछि…