डडेल्धुरा बस दुर्घटना अपडेट : एक शिशुसहित चारको मृत्यु, १२ जना घाइते (नामावलीसहित)

डडेल्धुरा- डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा एक शिशुसहित चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै…