काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैंअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए। तर, व्यवसायीले भुक्तानी पाएनन्। मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। ‘मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ,’ उनले भने, ‘हाम्रो मन्त्रालयले ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। हामीले…