काठमाडौं । सरकारले चक्रपथको कलंकी–महारागञ्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सम्झौता गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे । चक्रपथको दोस्रो खण्डको विस्तृत सम्भाव्यता अध्ययन…