भोलिदेखि धरहरा चढ्न पाइने, प्रवेश निःशुल्क

काठमाडौं – भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । भोलिदेखि धरहरामा दैनिक करिब ५०० जना चढ्न मिल्ने गरी धरहरा खुला हुने भएको हाे । अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क रहेकाे छ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७…