थामे बाढी अपडेट : एक जना बेपत्ता, उद्धार कार्य जारी

काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका केही मानिसहरूको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरूको उद्धार गरेको हो । बाढीमा परी स्थानीय एक जना बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने नभएको…