पक्राउ परेका भट्टाचार्य हाम्रो सदस्य होइनन् : चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा डाक्टर बनेको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्य आफ्नो सदस्य नरहेको स्पष्ट पारेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको थियो । ‘नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौ‌ंको बाँसबारीमा बस्दै आएका…