आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ । जसको प्रभावले  कोशी, बागमती,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै…