डिएलए नेपालकाे प्रशिक्षक प्रशिक्षण सुरु, विद्यार्थीलाई आधारभूत कानुनबारे जानकारी दिने मुख्य उद्देश्य

काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका आधारभूत विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसाेसिएसन नेपाल (डिएलए)ले प्रशिक्षक उत्पादन गर्ने भएकाे छ । देशैभरका सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई कानुनबारे आधारभूत जानकारी दिने उद्देश्यले डिएलए नेपालले विद्यालयमा कानुनसम्बन्धी कक्षा सञ्चालन गर्न लागेकाे हाे । साेका लागि सामुदायिक विद्यालयमा कक्षा लिने प्रशिक्षकहरू तयार गर्न…