शेख हसिना भागेपछि प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवासको सामान

ढाका- राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुट मच्चाएका छन् । बंगलादेशमा हसिनाको राजीनामापछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ । बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधनमन्त्री निवासबाट सोफा लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो । बंगलादेशमा…