बाढीपहिरो, आगलागी र चट्याङ पीडितले अस्थायी आवास बनाउन ५० हजार अनुदान पाउने

काठमाण्डौ – बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् । गृहमन्त्री रमेश लेखकको अध्यक्षता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औँ बैठकले विपदबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेसँगै अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने बाटो खुलेको हो…