रेड अलर्ट जारी भएका ३४ जिल्लामा भोलिसम्म रात्रिबस चलाउन रोक

सरकारले रेडअलर्ट जारी भएका ३४ जिल्लामा भोलि बुधबारसम्म रात्रिबस चलाउन रोक लगाएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार ठूलो वर्षा भइरहेका र उच्च जोखिममा रहेका ३४ जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाइएको हो। ‘बाढीपहिरोको जोखिम रहेकाले यो निर्णय भएको हो। स्थानीय प्रशासन र सुरक्षा निकायमार्फत् कार्यान्वयन हुन्छ,’ उनले भने,…