महिला भलिबल : आज नेपालले भारतको सामना गर्ने

काठमाडौ - सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् । नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो ।