उमेर पुगेपछि विवाह गर्नेलाई सम्मान

डोटी । डोटीको जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ। वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो । जोरायल गाउँपालिका-६ सित्तोलीकी २० वर्षीया युवतीले बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएका २६ वर्षीया कमल बोहराले विवाह गरेका…