काठमाडौँ - प्रतिनिधि सभाले बहुमतले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा गम्भीर त्रुटि रहेको तीन वटा अन्तर्राष्ट्रिय संस्थाले औँल्याएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिशन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो त्रुटि औँल्याएका हुन् । प्रतिनिधिसभाले बहुमतले पारित गरेको उक्त विधेयक राष्ट्रियसभामा विचाराधीन छ । नेपालका राजनीतिक…