आचरणको गुनासो आएपछि २१० प्रहरीको सरुवा

काठमाडौं । आचरणसम्बन्धी गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दारसम्मका २१० प्रहरीको एकैपटक सरुवा गरेको छ । सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएको र कार्यसम्पादन समेत चुस्त नभएको भन्दै परिसरले २१० जनाको सरुवा गरेको हो । परिसर स्रोतका अनुसार काठमाडौंका वृत्तहरूमा खटिएका प्रहरी जवानदेखि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार गरी २१० जनाको सरुवा…