काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताएका छन्। आज बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरूले ज्ञापन पत्र बुझाइसकेको जानकारी दिए। उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा…