काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गरेका छन् । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीहरूको संस्था एनसिसी अल्मुनाइ एशोसिएसन नेपालको आठौँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक समेत रहनुभएका सिग्देलले एसोसिएसनले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरेका छन्…