आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दोस्रो संस्करणको प्रतियोगिताका लागि खेलतालिका सार्वजनिक गरेको हो । मलेसियामा हुने प्रतियोगिता आउँदो वर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । समूह 'ए' मा आयोजक मलेसियासहित भारत, वेस्ट…