बरहथवा (सर्लाही)- सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि धेरै कम शिक्षक दरबन्दी रहेको छ । दरबन्दीअनुसार शिक्षक दरबन्दी पर्याप्त नभएका कारण ५ कक्षासम्मका विद्यार्थीलाई दुई शिक्षकशिक्षिकाले पढाउनु परेको गोडैता नगरपालिका–२, जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले बताए । शिक्षा विकास…