काठमाडौं । पोल्यान्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भएर नागार्जुन बस्दै आएकी सुनिता कर्माचार्य छिन् । ३९ वर्षीया कर्माचार्यलाई इन्द्रचोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । कर्माचार्यले १७ जनालाई ‘पोल्याड पठाउँछु’ भनेर ३८ लाख रकम लिएर फरार भएको आरोप…