नक्कली नोट बनाउने मेसिन र नोटसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको सरस्वतीनगरबाट प्रहरीले नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङको कोठामा छापा हानेको थियो। उनको…